संयोजक भट्टराई र अध्यक्ष यादवबीच तत्काल एकता नहुने

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकृत पार्टीमा अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि एकता तत्कालका लागि भाँडिएको छ ।

स्रोतका अनुसार बैशाख पहिलो साचाभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने बिषयबाहेक अन्य बिषयमा करिबकरिब सहमति जुटिसकेको थियो ।

स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताले अध्यक्षमा उपेन्द्र यादव नै हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको रुपमा स्वीकार गर्न सकिने बताएका थिए ।

नयाँ शक्तिका नेताहरुले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने अडान राखेका थिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।