कैलालीका लागि छुटेको बस डोटीमा दुर्घटना

२० जना घाईते, ३ को अवस्था गम्भिर

डोटी । बाजुरा बाट कैलालीका लागि छुटेको बस डोटीको साजघाटमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा २० जना घाईते भएका छन् ।

अछामका बिष्णु प्रसाद भण्डारीले दिएको जानकारी अनुसार ना ४ ख ६२९१ नम्बरको बस डोटीको साजघाट बजार नजिकैको एक मोडमा दुर्घटना भएको हो ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । उक्त दुर्घटनामा के कति क्षेति भयो भन्ने बिषयको विवरण भने  खुल्न सकेको छैन ।

साँझ करिब साँढे ६ बजेतिर साँझघाट नजिकै दुर्घटनामा परेको हो । बस माथिल्लो सडकबाट करिब ४० मिटर तल रहेको तल्लो सडकमा कोल्टो रुपमा झरेको छ ।

घाईते बाजुरा बाँधु–१ की ३ बर्षिया बिद्या थापाको अबस्था गम्भीर छ । उनलाई थप उपचारका लागि जिल्ला अस्पताल डोटीले बाहिर रिफर गरेको छ ।

यसबाहेक बडिमालिका–६ बाजुराकी २६ बर्षिया मिना थापा, सोही ठाउँकी ४ बर्षिया बालिका माया थापा, बडिमालिका नगरपालिका–९ कै २२ बर्षिय बिशाल बिक, कैलाली लम्की नगरपालिका–१४ का ३९ बर्षिय बद्री रावल, सातपाटा–१ बाजुराका ५ बर्षिय बालक जिनिश रावल, कोल्टी–२ बाजुराका १३बर्षिय खेमराज मल्ल, सोही ठाउँकी ३० बर्षिया सुन्तला मल्ल, बाजुराकै ४१ बर्षिया टेउका भण्डारी, बाँधु–१ बाजुराकी २५ बर्षिया शिला रोकाया, सोही ठाउँकै ५ बर्षिया बालिका सोबिता रोकाया, कालिकास्थान–२ डोटीका ४० बर्षिय कुसुमकला ताम्राकार र बाधु–१ बाजुराकी १६ बर्षिया ऐना रोकाया घाईते भएको उनले बताए ।

प्रहरीका अनुसार साँघुरो बाटोमा बिपरित दिशाबाट आईरहेको गाडीलाई साईड दिने क्रममा बस सडकबाट बाहिर निस्किएर दुर्घटना भएको हो ।