बस दुर्घटनाबाट पाँच जनाको मृत्यु

मृतकको सनाखत भएको छैन

काठमाडौं । आज तिर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त घटनामा ३० जना घाइते भएका छन् ।

मुक्तिनाथ मन्दिरबाट जोमसोमतर्फ आउँदै गरेको बस बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित मन्दिर जान लागेको ना ५ ख ६०६७ नं को बस सडकमा पल्टिएको हो ।

मृतकको सनाखत नभएको हुँदा मृत्यु हुनेहरु सबै काठमाडौं उपत्यकाका हुनसक्ने प्रहरी अनुमान छ । उक्त बसमा कति जना यात्रु थिए भन्ने समेत खुल्न नसकेको प्रहरीले बताएको छ । केही घाइतेलाई जिल्ला अस्पताल जोमसोममा उपचारका लागि ल्याइएको छ ।