स्थानीय चुनाव दुई चरणमा हुने निश्चित

मोर्चा पनि चुनावमा भाग लिने

काठमाडौं । आज विहान बसेको कार्यदलको बैठकले स्थानीय तहको संख्या बढाउने र स्थानीय चुनाव दुई चरणमा गर्ने सहमतिमा बैठक सम्पन्न गरेको छ ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्ने सहमति भएपछि राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धन चुनावमा भाग लिने भएकाले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिएको हो ।

श्रोतका अनुसार कार्यदल बैठकले बैशाख ३१ गतेको निर्वाचनलाई केही समय पछि सार्ने सहमति गरेको छ ।

नव गठित कार्यदलमा राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण, कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् ।