चितवनका तीन जना कर्मचारीलाई घुस लिएको आरोपमा प्रक्राउ

थप अनुसन्धान हुँदै

चितवन । चितवनको मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ ।

निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै छ हजार मागेको गुरुङले आरोप लगाए ।

जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च र जिल्ला प्रहरीसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी पक्राउ परेका छन् ।

त्यस्तै कम्युटर अपरेटर तिवारीले ५ सय लिएको अभियोग लगाइएको छ । लेखापढी व्यवसायीले बिचौयियाको काम गरेको आरोप छ ।

उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालय पठाइने प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताएका छन । रासस