पत्रकारीतालाई सुद्धतामा बदल्न आवश्यक छः अध्यक्ष डा. बिष्ट, हेर्नुहोस् भिडियोसहित
काठमाडौं । पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र बिष्टले आफुले पत्रकारीतालाई सुद्धतामा बदल्न चाहेको बताएका छन । डा बिष्टले सुद्ध पत्रकारीताबाट मात्र त्यसको ब्युटिलाई जर्गेना गर्न सकिने बताए ।
पत्रकार महासंघ काठमाडौं शाखाको दशौं महाधिवेशनको शुक्रबार उद्घाटन शत्रलाई सम्बोधन गर्दै डा। बिष्टले आफ्नो त्यस्तो धारणा प्रस्तुत गरेका हुन ।
पत्रकार महासंघको ब्युटि त्यसको विविधता भित्र रहेको भन्दै उनले भने–‘चुनावको बेला र अरुबेलामा पनि हामी श्रमजीवि पत्रकारका मुद्धाहरुको उठान गछौ । हामीले महासंघबाट सबै पत्रकारहरुलाई साझा रुपले नेतृत्व गरिरहेका छौ ।’
उनले आफु श्रमजीवि पत्रकारको नेता भएको भन्दै भने–‘म श्रमजीवि पत्रकारकै नेता हुँ । म श्रमजीवि पत्रकारहरुलाई नै अधिकार सम्पन्न गराउन चाहन्छु । तर तपाईहरु जब पत्रकारीताको विविधताको अभ्यास गर्नुहुन्छ, अनि त्यसको ब्युटिलाई पनि ध्यान दिनुपर्छ । हामीले महासंघबाट त्यहि भनिरहेका छौ ।’
सम्बोधनका क्रममा उनले काठमाडौंमा सानो लगानीका पत्रपत्रिका धेरै भएको भन्दै उनले एउटा सानो लगानीको संचार गृहको मालिकदेखि कामदारसम्म एउटै ब्यक्ति भएर मिडिया चलाउनु पर्दाको पिडा ब्यक्त गरे ।
नेपालमा साना लगानीका पत्रकारीताको विशिष्ट महत्व रहेको भन्दै डा। बिष्टले साप्ताहिक पत्रिकाको सुरुवातबाट नेपालमा संचारको विकास भएको बताए ।
उनले काठमाडौं शाखाले श्रमजीवि पत्रकार ऐन लागु गर्ने, समानुपातिक विज्ञापन लागु गर्न पहल गर्ने, बिरामी भएका पत्रकार साथीहरुलाई उपचार खर्च सहयोग गर्ने जस्ता काम गरेकोमा आफु खुशी भएको समेत बताए ।