चुनाव भोलि, अन्तिम नामावली आजै (कार्यतालिकासहित)

पत्रकार महासंघ काठमाडौं शाखाको १०औं अधिवेशन जारी

काठमाडौं । पत्रकार महासंघ काठमाडौं शाखा महाधिवेशन जारी छ । महाधिवेशनको निर्वाचन भने भोलि (आइतबार) हुने निर्वाचन समितिले जनाएको छ । १३ सय ६८ मतदाता रहेको शाखाको महाधिवेशन गत चैत १ गते गर्ने भनिए पनि विविध कारणले रोकिएको थियो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनको मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले शुक्रबार उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा पत्रकार सम्बद्ध विभिन्न संघ–संगठनका प्रतिनिधि, महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टलगायत सहभागी थिए ।

निर्वाचन समितिले शुक्रबार शाखाका १३ सय ६८ मतदाताको नामावली प्रकाशन गरेको थियो । आज (शनिबार) पदाधिकारी तथा केन्द्रीय तथा प्रदेश सभासदका लागि मनोनयका लागि फाराम वितरण गर्ने कार्यक्रम तय भएको छ । यस्तै आजै साँझसम्म उम्मेदवारको दाबी विरोध फिर्ता वा समर्थन लिनसकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

कार्यतालिकाको पूर्ण विवरण हेर्नुहोस् ।