सहि सूचनालागि प्रेस स्वतन्त्रताको ब्यवस्था गरिएको होः पूर्व प्रधानन्यायाधीश रेग्मी (भिडियो सहित)

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले जनताले राज्यका काम,कावाही र विविध विषयहरुको बारेमा सत्य, तथ्य, जानकारी पाउन सहजताको लागि संविधानमा प्रेस स्वतन्त्रताको ब्यवस्था गरिएको बताएका छन ।

पत्रकार महासंघ काठमाण्डौ शाखाको दशौं महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै रेग्मीले शुक्रबार त्यस्तो बताएका हुन ।

संविधानमा जनतालाई सार्वभौम अधिकारवाला शक्तिको रुपमा उल्लेख गरिएको भन्दै उनले प्रशारण र प्रकाशन गर्ने सञ्चारमाध्यमहरुले आम जन चाहनाको आवश्यकता,चाहनालाई मध्यनजर गर्दै समाचारहरु सम्प्रेसण गर्नु पर्नेमा जोड दिए ।

आफुले न्याय क्षेत्रमा २०२८ सालदेखि काम गरेको भन्दै उनले सञ्चारमाध्यमहरुले झेल्नुपरेको कानुनी, सामाजिक वा अन्य समस्याहरु, त्यसका जटिलताहरुलाई आफुले नजिकबाट नियालेको समेत बताए ।

उनले भने–‘प्रत्यक नागरिकलाई सूचनाको हकको प्रत्याभूति संविधानले गरेको छ । विचार र अभिब्यक्ति स्वतन्त्रताको माध्यमबाट संञ्चार माध्यमहरुलाई बन्धक वा प्रकाशन सामाग्री खारेज नगरिकन कानुनले सञ्चालन गर्न अधिकार दिएको छ । पत्रकारहरुले आफ्नो जिम्मेवारीलाई नबिर्सेर जनतालाई सूचना प्रदान गर्ने काम गर्नु पर्दछ ।’

LOADING...