संघीय समाजवादी फोरम चुनाव बहिस्कार गर्ने बाटोमा

पार्टी एकता चुनावपछि मात्र हुने

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमवीच मतभेद भएको बताएको छ । यही कार्यनीतिक मतभेदका कारण स्थानीय चुनावअघि दुई पार्टीवीच एकता नहुने भएको छ ।

डा. भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच बैशाख पहिलो साता नै एकता गर्ने भनिएता पनि मतभेदका कारण अब उक्त दुई पार्टीबीच निर्वाचन पछि मात्र एकता हुने तयारी भएको छ ।

नयाँशक्ति निकट स्रोतका अनुसार यादव नेतृत्वको पार्टीले चुनाव बहिस्कार र चुनाव विथोल्ने जस्ता आन्दोलनको बाटो रोजे पश्चात उक्त पार्टीबीच एकता हुन नसकेको बताएका छन । यादवले चुनाव उपयोग गरेको अवस्थामा भने एकता गर्न सकिने बताएका छन।