कांग्रेसले चुनाव गर्ने निश्चित नभए अर्को बाटो रोज्छौँः नेता श्रेष्ठ

वैशाख ३१ मा निर्वाचन हुने निश्चित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कांग्रेसले चुनाव गर्ने निश्चित नभए अर्को बाटो रोज्ने बताएका छन ।

आज राजधानीमा नेकपा माओवादी केन्द्र भीमसेन गाउँपालिका संघीय जनसम्पर्क मञ्चले गरेको कार्यक्रममा उनले त्यसतो बताएका हुन ।

श्रेष्ठले भने–‘ माओवादी नेतृत्वको सरकारले स्थानीय निकायको चुनाव गर्ने र कात्र्तिक वा मंसिरमा केन्द्र र प्रदेशको चुनाव सुनिश्चित गर्दै सरकारबाट बाहिरिन्छ ।’

उनले भने–‘अब माओवादीले जनताको पोल्टामा सरकार पुर्‍याउँछ । अब हुने स्थानीय तहको निर्वाचन १९ वर्ष पहिलेको स्थानीय निकायको जस्तो नभई यसको रुपरेखा नै नयाँ हुन्छ र जनताले चाहेको जस्तो निर्वाचन हुन्छ ।’