अरुण नदीमा ३ किलोमिटर बाध बानिदा, स्थानीय जोखिममा

उद्धारका लागि सुरक्षाकर्मी खटाइएको

काठमाडौं । संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदीमा ३ किलोमिटर बाध बानिदा, स्थानीय जोखिममा परेका छन।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले उद्धारका लागि सुरक्षाकर्मी खटाइएको बताएका छन ।

केसीका अनुसार अरुण नदीका कारणले त्यस क्षेत्रका ८० परिवार जोखिमपूर्ण रहेका छन । उद्धारका लागि हेलिकप्टरबाट घटनास्थलको निरीक्षण हुँदै र सुरक्षाको निम्ति ३५ जना प्रहरी घटनास्थल पुगिसकेका छन ।

त्यहाँका स्थानीय वासीलाई सजक भएर बस्न आग्रह गरिएको छ । अहिले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ ।