स्थानीय तहको निर्वाचनमा अन्तिम घेरामा सेना परिचालन हुने

कडा सुरक्षाको लागि तीन तहको सुरक्षा व्यवस्था तय

काठमाडौं । वैशाख ३१ मा हुने स्थानिय तहको निर्वाचनका निम्ति सुरक्षा प्रदान गर्न अन्तिम घेरामा सरकारले सेना परिचालन गर्ने निर्णय गरेको छ ।

एक रेडियो कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाणले ऋषि धमलासँग स्थानिय तहको निर्वाचनमा अन्तिमको घेरामा सुरक्षा कबजका रुपमा परिचालन गर्ने विषयमा निर्णय भइसकेको बताएका हुन ।

स्थानिय तहको सुरक्षाको लागि क्रमशः सेना, शसस्त्र र पहिलो घेरामा जनपद प्रहरी राखिने व्यवस्था गरेको छ ।

सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिष्द बैठकले सेना परिचालन गर्ने निर्णय गरिसकेको छ ,सुरक्षा योजनामा सेनाले पैदल, गस्ती, हवाइ गस्ती, गाडी मोबाइलको जिम्मेवारी दिने तयारी रहेको छ ।