विदेश हिँडेका युवाको मृत्यु

सिन्धुली । वैदेशिक रोजगारीका लागि विदेश हिँडेका मण्डलको दुई दिनमै मृत्यु भएको छ ।

बालाबखर ८ धनुषाका सरोजकुमार मण्डलको बुधबार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ पीपल भन्ञ्याङमा भएको बलेरो दुर्घटनामा मृत्यु भएको हो ।

म्यानपावर कम्पनीले बुधबारको टिकट नमिलेर आगामी सोमबारका लागि मात्र टिकट हुने भनेपछि उनी फेरि घर फर्किदा । चढेको बलेरो जिप सडकबाट २ सय मिटर तल खस्दा सरोजको घटनास्थलमै मृत्यु भएको छ ।

घरमा आमा, बुबा घटना थाहा पाएदेखि नै अचेत अवस्थामा रहेको सिन्धुलीका प्रहरी प्रमुख उमाशंकर पञ्जियारले बताएका छन । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।