पूर्वप्रमूख आयुक्त कार्की भित्तामा समेत रहेनन्

अदालतले अयोग्य भनेकाले नराखिएका

काठमाडौं । सर्वोच्च अदालतद्वारा अयोग्य साबित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नाम भित्तामा समेत राखिएको छैन ।

कुनैबेला कार्कीको नाम लिँदा सबैजना थुरथुर हुने अवस्था थियो तर अहिले उनै विदेशमा गुमनाम छन् । कसैलाई थाहा छैनकी उनी अहिले विदेशमा के गर्दैछन् भन्ने कुरा सार्वजनिक समेत भएको छैन ।

तत्कालीन प्रमुख आयुक्तको फोटो आयोगमा किन नराखेको भन्ने जिज्ञासामा अख्तियारका एक वरिष्ठ कर्मचारीले–‘पूर्वप्रमुख आयुक्त कार्कीलाई अदालतले अयोग्य भनेकाले उहाँको फोटो समेत नराखिएको हो ।’

नियममा सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुमा पहिला काम गरेका कार्यालयहरुका पूर्वपूमूखहरुलाई इन्ष्टिच्युसनल मेमोरी (संस्थागत स्मरण) मा समेत राख्ने गरिनछ तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको भित्तामा अरु सबै पूर्वप्रमुख आयुक्तको फोटो राखिएको भए पनि कार्कीको भने राखिएको छैन ।