रौतहटमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप

प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार

रौतहट । हिजो रौतहटमा मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

एमाले साँसद रामककुमार भट्टराइले गौर नगरपालिकाको सभाकक्षमा जनता आवाससम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने भएको हुँदा सो कार्यक्रम बिथोल्न मोर्चा कार्यकर्ता लाठी जुलुससहित त्यहाँ पुगेका थिए ।यो समाचार आजको नागरिकमा प्रकाशित छ ।