स्थानीय तहको चुनावमा माओवादीले देशैभर विजय झण्डा फर्फराउँछः प्रधानमन्त्री दाहाल

जनताको घरमा उज्यालो नआएसम्म विश्राम नलिने घोषणा

झापा । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले स्थानीय तहको चुनावमा माओवादीले देशैभर विजय झण्डा फर्फराउने बताएका छन ।

आज झापाको विर्तामोडमा आयोजित योङ कम्युनिष्ट लिग र अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला सम्मेलनलार्इ सम्बोधन गर्दै प्रचण्डले त्यसतो बताएका हुन् ।

पहिलो संविधानसभाको चुनावमा पहिलो नम्बरमा आउँदा अरुलाई भुसुना देख्ने प्रवृत्तिले दोस्रो चुनावमा हार व्यहोरेको बताए ।
तेस्रो हुँदा धेरै असहज हुँदा अब आउँदो स्थानीय चुनावमा तेस्रो नबनाउन आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता स्व गिरिजाप्रसाद कोईरालालाई पनि सम्झिँए ।

उनले भने–‘पहिलो मेचीकाली अभियान गर्दा गिरिजा पार्टी कांग्रेस हार्यो, त्यसपछि ०७० सालको दोस्रो संविधानसभा चुनावमा हामी अब एमालेको पालो रहेको छ ।’

उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुग्ने यस्तो चुनाव यसअघि कहिलेपनि नभएको दावी गरे । उनले टुक्रियका माओवादीलाई एकजुट हुन आग्रह गरेका छन ।