मधेसवादी पाँच दलबीच एकता, चुनाव चिन्ह छाता
मधेसको विभेद अन्त्य गर्न पार्टी एकता
प्रकासित मिति : २०७४ बैशाख ७, बिहीबार
प्रकासित समय : १६:५०
काठमाडौं । मधेस केन्द्रित राजनीति गर्दै आएका पाँचवटा दलहरु मिलेर पार्टीको नाम राष्ट्रिय जनता पार्टी राख्दै आज नयाँ दल घोषणा गरेका छन् । एकिकृत दलको चुनाव चिन्ह छाता हुने भएको छ ।
मोर्चाका एक नेताका अनुुसार उक्त एकीकृत पार्टीमा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजबादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र यादव नेतृत्वको तराइ मधेस सद्भावना पार्टीबिच एकता भएको हो ।
उक्त पार्टी एकीकरण घोषणा सभामा बोल्दै नेताहरुले भने–‘पार्टी एकीकरणले मधेस क्रान्तिको एकीकरण भएको, मधेसी जनताको भावनाको एकता भएको साथै मधेसलाई गरिएको विभेदलाई अन्त्य गर्न एक ढिक्का भएको छ ।’