सिन्धुलीमा सवारी दुर्घटना, दुईको मृत्यु ,आठ घाईते

घाइतेको उपचार जारी

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका स्थित पिपलभञ्ज्याङमा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुुुसार दुर्घटनामा परी मृत्यु हुनेहरुमा बालबखर–८ धनुषाका सरोज कुमार मण्डल र सोही ठाउँका जय कुमार यादब रहेका छन । ना.ज. ५४४४ नम्बरको सुमो बुधवार राती दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन ।उनीहरु मध्य केहिको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ भने तीन जनाको महोत्तरीको बर्दिबासमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जटही २ का रामवरण मन्डलको टाउकोमा चोट लागेकाले उनलाई थप उपचारको लागी काठमाडौ रिफर गरिएको जिल्ला प्रहरीले बताएको छ ।