हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णयबाट निर्वाचन आयोग पछि हट्यो

राप्रपाद्धारा घोषित विरोधका कार्यक्रमहरु फिर्ता

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोगले उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएपछि अन्ततः आयोग आफ्नो निर्णयबाट पछि हटेको छ ।

आयोगको यो निर्णय फिर्ता लिएसँगै राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाको जित भएको छ ।

त्यस्तै आफ्नो निर्णयबाट निर्वाचन आयोग पछि हटेपछि राप्रपाले घोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ । राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित गर्ने आयोगले निर्णय गरेको हो ।