भारतले उपभोग गरेको जमिन नेपालको भएको पुष्टि

काठमाडौं । नेपालको ५० हेक्टरभन्दा बढी जमिन भारतले उपभोग गर्दै आएता पनि उक्त जमिन नेपालको भएको पुष्टि भएपछि फिर्ता गरेको छ ।

भारतको बलरमवापुर र नेपालको कपिलवस्तु जिल्लाको सिमानामा रहेको अर्रा नदीपारिको भूभाग नेपलाको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो ।

नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले सो क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूमि बढेको हो । करिब ३ महिनादेखि जारी जाँचमा अर्रा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपाली भूमिमा परेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।