१० महिनादेखि ४४ नेपाली कामदार भारतीय कारागारमा

राष्ट्रिय मानव अधिकार आयोगलाई रिहाइको माग

कञ्चनपुर । कामदारको सिलसिलामा भारतमा काम गर्न गएका ४४ नेपाली कामदार १० महिनादेखि भारतको हिमाचल कारागारमा बिना कारण सजाय भोग्दै आएको प्रति उनीहरुका घरपरिवारले आपत्ती जनाएका छन् ।

उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई बुधबार ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरेका हुन ।

पत्रकारसँग कुरा गर्दै शुक्लाफाटा नगरपालिका वडा नम्वर ४ शिखलपट्टीकी धना भण्डारीले भनिन्–‘कमाउने मान्छे जेल परेपछि परिवारको बिचल्ली भयो अब हामीले के गर्ने सरकारी निकायलाई गुहार्दा पनि कतैबाट केही पहल भएन हामी गर्छौ भन्नुहुन्छ तर पछि अस्थै गर्दैनन् अब हामी कहाँ जाने न्याय खोज्न, कसरी बाँच्ने, बच्चाहरुलाई कसरी पाल्ने हाम्रो बिचल्ली भयो।’