सर्वोच्चको आदेशपछि पिपुल्समा भोली आठ बजेदेखि स्ववियु निर्वाचन हुने

क्रान्तिकारीको दावी–‘जित हाम्रो पक्षमा’

काठमाडौं । लामो समयदेखि स्थानीय निकायको आचारसंहिता विवादले रोकिएको राजधानीको पिपुल्स क्याम्पसको स्ववियु निर्वाचन भोली विहान ८ बजेबाट दिउँसो २ बजे सम्म हुने भएको छ ।

क्याम्पस प्रशासनले सर्वाेचले स्थानीय निकायको आचारसंहिता नलाग्ने भन्दै स्ववियु विर्वाचन गराउन आदेश दिएको भन्दै निर्वाचन गर्न लागेको हो ।

क्याम्पसले सबै विद्यार्थीहरु स्थानीय चुनावको प्रचारमा केन्द्रित भएको वेला स्ववियु चुनाव गर्न लागेको भन्दै विरोध गरेपनि अन्त्यमा आएर ठुला संगगठन चुनवमा भागलिने भएका छन ।

माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीबाट अध्यक्षका उम्मेदवार सचिन भुर्तेलले आफ्नो संगठनात्मक अवस्था मजबुत भएको भन्दै जित सुनिश्चित भएको दावी गरेका छन । उनले स्ववियुमा अखिल क्रान्तिकारीले उठाउँदै आएका एजेन्डाहरु समेटीएको भन्दै आफ्नो संगठनले जीत्ने बताए ।

भोलि हुने निर्वाचनको लागि सुरक्षा व्यवस्थाको समेत प्रबन्ध मिलाइएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन हुने भन्दै क्याम्पस प्रशासनले सबै मतदाता विद्यार्थीहरुलाई मतदान प्रकृयामा भागलिन आग्रह गरेको छ ।

निर्वाचनमा अधिकाशं विद्यार्थी संगठनहरु सहभागि हुने भएका छन । अखिल क्रान्तिकारीबाट सचिवमा टासि तामाङ, कोषाध्यक्षमा सन्ध्या बज्राचार्य, सदस्यहरुमा रिसभमान श्रेष्ठ, सुगम श्रेष्ठ, अभिषेक पन्त लगाएतका उम्मेदवार रहको अखिल क्रान्तिकारीका नेता डिबि साउदले बताएका छन ।