न्यौपानेको टिम चुनावी प्रचार अभियानमा जुट्यो

जित निश्चित भएको दावी

काठमाडौं । माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरका उम्मेदवार नरेन्द्र न्यौपानेको प्यानलले चुनावी प्रचारको अभियानलाई तिब्रता दिएको छ ।

पार्टीबाट मेयरको लागी उम्मेदारी पाएका न्यौपानेको प्यानलमा जनजाती,थारु, महिला, अल्प संख्यक वर्ग,लिङग सबैलाई समेट्दै घरदैलो अभियान सुरु गरिएको बताइएको छ ।

घरदैलो अभियान अन्तर्गत आज वार्ड नम्बर २ को मनकामना टोलमा चुनावको प्रचारात्मक कार्यक्रम संञ्चालन भएको छ ।

कोहलपुरमा मेयरका प्रत्यासि न्यौपानेले स्थानीय नागरिकहरुको साथ सहयोग र सल्लाहले आफुलाई जितेको नजिक पुर्याएको दावी गरेका छन । उनी बाँके जिल्लाका स्थानीयवासी हुन ।

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष समेत रहेका न्यौपाने विकास, निर्माणको राम्रो भिजन, मिसन र योजना भएका नेतामा पर्दछन ।

बाँकेमा उनलाई जिताउनका लागि युवा, विद्यार्थी र जनस्तरमा चुनावी प्रचार प्रसार टिमहरु समेत गठन गरिएको बताइएको छ ।

स्थानीयवासीका अनुसार पछिल्लो चरणमा माओवादी केन्द्रका नेता न्यौपानेको पक्षमा जनसमर्थन बढिरहेको छ । उनले जित्ने निश्चित जस्तै देखिएको स्थानीय नेताहरुले हरपल नेपालसँग बताएका छन ।