राष्ट्रपति भण्डारीलाई गुजरातमा स्वागत

सोमनाथ मन्दिरको अवलोकन गर्दै

राजकोट। भारतको पाँचदिने राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात राज्यको राजकोट पुगेकी छन ।

राजकोट विमानस्थलमा उनलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गरेका छन । स्थानीय झाँकी र वेशभूषासहित स्थानीयवासीले पनि उनलाई स्वागत गरेका थिए ।

नयाँदिल्लीका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी राष्ट्रपति भण्डारी आज गुजरातको चौथो ठूलो सहर राजकोट आएकी छन । अहिले राष्ट्रपति भण्डारीले यहाँस्थित सोमनाथ मन्दिरको अवलोकन गरि राखेकी छन । रासस