गोली लागेको तेस्रो दिन घाइते उपचारका लागि अस्पताल भर्ना

काठमाडौं । ललतिपुरमा आइतबार बेलुका क्रिस्चियन महासंघको सचिवसमेत रहेका सन्तोष खड्कामाथि गोली प्रहार भएको छ ।

गोली लागेको तेस्रो दिन घाइते उपचारका लागि पाटन अस्पताल पुगेपछि प्रहरीलाई जानकारी भएको छ।कम्मरमुनि गोली अड्केको एक्सरे बोकेर उनी अस्पताल पुगेका थिए ।

खड्काका अनुसार आइतबार बेलुका घर फर्कने क्रममा ललतिपुरको जिल्ला प्रशासन कार्यालय पछाडीको सडकमा केही पड्किएको आवज उनले सुनेका थिए । उनी मोटरसाइकलमा थिए ।

उनी मोटरसाइकल नरोकी सीधै कोठामा पुगे । सर्ट खोल्दा रगत देखेपछि घाउ लागेको चााल पाएको प्रारम्भिक बयान खड्काले दिएको प्रहरीले जनायो ।यो समाचार आजको नागरिकमा प्रकाशित छ ।