सुदूर पश्चिममा महिलाहरु रजश्वलाका कारण पिडित

देउता रिसाएको भन्दै शौचालय भत्काइए

काठमाडौं । विद्यालय परिसरमै लोजनीको पिपलकोट माध्यमिक विद्यालयका छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्योे, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ । ’

विद्यालय पदाधिकारी तथा अभिभावकका अनुसार विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोस बनेको ठम्याइ छ ।

‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए ।

शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए ।

सुदूर पश्चिमका महिलाहरु रजश्वलाका कारण धेरै पिडा खेप्नुका साथै कतिपयको ज्यानसम्म गएका छन । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।