निर्वाचन आयोगलाई पुनर्विचार गर्न कमल थापाको आग्रह

काठमाडौं । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राप्रपा विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने भन्दै गरिएको निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छन् ।

थापाले निर्णय नसच्याइए सरकारबाट बाहिरिने र स्थानीय निर्वाचन वहिस्कार गर्ने चेतावनी दिएका हुन ।

दाङको एक कार्यक्रममा बोल्दै थापाले भने–‘आयोगले निर्णयमा पुनर्विचार नगरे सरकार र निर्वाचनमा सहभागिताको प्रश्न उठ्नेछ र कठोर निर्णय गर्न बाध्य हुनेछौं ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।