पिपुल्स क्याम्पसमा तालाबन्दीः स्थानीय निकायको निर्वाचनपछि स्ववियु चुनाव गर्न माग

विद्यार्थीहरुको चेतावनीः उत्पन्न परिस्थितीको प्रशासनले जिम्मा लिनुपर्छ

काठमाडौं । पिपुल्स क्याम्पसका विद्यार्थीहरुले स्थानीय निर्वाचनपछि मात्र स्ववियु निर्वाचन गराउन क्याम्पस प्रशासनसँग माग गरेका छन ।

आज सयुंक्त विज्ञप्ति प्रकाशन गर्दे अखिल क्रान्तिकारीका अध्यक्ष सचिन भुर्तेल र नेविसंघका अध्यक्ष अरुण घलेले त्यसतो माग गरेका हुन्।

उनीहरुले स्थानीय निकायको निर्वाचनका लागि सबै विद्यार्थीहरु गाउँमा गएको बेला क्याम्पस प्रशासनले सर्वोच्वको आदेस भन्दै ७ गते स्ववियु निर्वाचनको मिति तोकेको प्रति आफ्नो संगठनको गम्भिर आपत्ती रहेको जनाएका छन ।

विज्ञप्ति मार्फत उनीहरुले कुनैपनि हालतमा बैखाश ७ गते स्ववियु निर्वाचन हुन नसक्ने भन्दै आपत्ती प्रकट गरेको छन ।

क्याम्पस प्रशासनले क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरुसँग कुनैपनि छलफल नगरी एक्कासि निर्वाचन गर्ने सूचना प्रकाशन गरेपछि उक्त क्याम्पसमा विभिन्न विद्यार्थि संगठनहरुले तालाबन्दी समेत गरेका छन ।

अखिल क्रान्तिकारीका सचिवालय सदस्य तथा प्रदेश नम्बर तीनका सह संयोजक समेत रहेका डिबि साउदले हरपल नेपालसँग कुरागर्दे भने–‘क्याम्स प्रशासनले एकतर्फि रुपमा निवार्चनको मिति तोकेपछि विद्यार्थीहरु आन्दोलित भएका छन । उनीहरुले स्थानीय निकायको निर्वाचनपछि मात्र स्ववियु निर्वाचन गर्न माग गरेका छन ।’

अदालतले पनि उक्त मितिमा निर्वाचन गर्न तोक नलगाएको भन्दै उनीहरुले क्याम्पस प्रशासनले जबरजस्ती निर्वाचन गराउन खोजेमा हुने असहज परिस्थितिको स्वयम् क्याम्पस प्रशासन र निर्वाचन समिति जिम्मेवार हुनुपर्ने भन्दै चेतावनी समेत दिएका छन ।

क्याम्पसले तोकेको समयमा निर्वाचन गर्दा वि.वि.ए. तेस्रो र पाचौँ सेमिस्टार तथा एमवि.एस.प्रथम बर्षको परीक्षा सञ्चालन भएको र स्ववियु निर्वाचन आचारसंहिता विपरित सम्पन्न भएको भन्दै उनीहरुले सबै संगठनका विद्यार्थी सहभागी हुन नपाउने बताएका छन ।

उनीहरुले विज्ञप्तिमार्फत अहिले स्थानीय निर्वाचनमा युवा विद्यार्थी परिचालन भईरहेको हुँदा स्ववियु निर्वाचन स्थगित गरी पुर्न सबै संघ संगठनको सहमतिमा निर्वाचनको नयाँ मिति घोषणा गर्न माग गरेका छन ।