नागरिक समाजवादी पार्टी र सद्भावना पार्टीबीच पार्टी एकता

कांग्रेस, एमाले र माओवादी जातीय दल भएको आरोप

काठमाडौं । राजकुमार लेखीको नागरिक समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले आज एक कार्यक्रममा प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता भएको घोषणा गरेका छन ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा लेखीले भने–‘सद्भावनाले तराई मधेसमा थरुहटसहित दुई प्रदेश स्वीकार गरेकाले पार्टी एकता भएको हो ।’

पार्टी एकता हुनुअघि १० बुँदे समझदारी समेत भएको छ । १० बुँदे समझदारीमा थरुहट मुक्तिको अस्तित्वलाई स्वीकार गर्दै थरुहट राज्य स्थापनाको लागि संघर्ष गर्ने, संविधान संशोधनका लागि सरकारलाई बाध्य पार्नेगरी संघर्ष गर्ने, एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गर्ने लगायत रहेका छन् ।

महतोले सद्भावना अब राष्ट्रिय पार्टी भएको दाबी गरे । उनले कांग्रेस, एमाले र माओवादी तीनै दल जातीय भएको आरोप लगाए ।