भक्तपुरमा खानेपानीको डिप बोरिङ खन्ने क्रममा आगलागी

अझैँ नियन्त्रण हुन सकेको छैन

भक्तपुर । भक्तपुरको पिलागाउँ वडा कार्यालय नजिक चापाखर्क खानेपानी आयोजना अन्तर्गतको डिप बोरिङ खन्ने क्रममा निस्किएको ग्यासका कारण आगलागी भएको छ ।

प्रहरीका अनुुसार सूर्यविनायक नगरपालिका सिरुटार १ को पिलागाउँ नजिक आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि तीनवटा दमकल प्रयोग गरिएको छ ।

उक्त आगलागीबाट डिप बोरिङमा प्रयोग गरिएका मेसिनका सामग्री जलेका छन् । बिहान १० बजेपछि लागेको आगो अहिलेसम्म निभाउन सकिएको छैन ।

करिब १ सय ८० फिट गहिरो खनिएपछि ग्यास निस्किएर आगलागी भएको हो । उक्त आगलागीबाट स्थानीय वासी त्रासमा रहेका प्रहरीले बताएको छ ।