स्थानीय तहको निर्वाचनमा प्रभावकारी सुरक्षा प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचनको सुरक्षा तयारी तिव्र गतिमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा अङ्गका प्रमूखहरुलाई बालुवाटारमा बोलाएर स्थानीय तहको निर्वाचनमा प्रभावकारी सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएका छन ।

प्रधानमन्त्रीले मंगलबार बिहान नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमूख दीलिप रेग्मीलाई बालुवाटार बोलाएर बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा मुलूकको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन।

भेटमा सुरक्षा अङ्गका प्रमूखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराउनु भएको थियो ।