राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्वागत गरे

अहिले यमुना वायोडाइभर्सिटी पार्कको अवलोकन गर्दै

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनको फोरकोर्टमा स्वागत गरेका छन् ।

राष्ट्रपति भण्डारीले राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दै यमुना वायोडाइभर्सिटी पार्कको भर्खरै अवलोकन गरेकी छन् ।

उनी त्यहाँबाट राष्टपति भवन फर्केपछि क्रमश भारतीय समय अनुसार ११ः३० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराज, १२ः१५ बजे गृहमन्त्री राजनाथ सिंह, ३ः४५ बजे वित्त तथा रक्षामन्त्री अरुण जेट्लीे, अपरान्ह ४ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग र त्यसपछि साँझ ५ः३० बजे उपराष्ट्रपति हमिद अन्सारीका साथै राष्ट्रपति मुखर्जीसँग साँझ ७ः३० बजे भेटघाट कार्यक्रम गर्ने छन ।

यो,सँगै दिल्लीमा भण्डारीको सबै कार्यक्रम सम्पन्न हुनेछ । बुधवार र विहीवार तीर्थाटन क्रमशः गुजरात र उडीसामा सकेर शक्रवार राष्ट्रपति भण्डारी स्वदेश फर्किने कार्यक्रम छ ।