धादिङमा एक बालक ओछ्यानबाटै गायब

धादिङ । आमा बाबुसँगै राति सुतेका बेनिघाटरोड ३ बागुराङका डेढ बर्षीय बुद्धिलाल चेपाङ ओछ्यानबाटै बेपत्ता भएका छन ।

उनीहरु त्रिपालले बेरेर बनाएको अस्थायी टहरामा बस्दै आएका थिए । सोमबहादुरले बालक राती २ बजेतिर ओछ्यानबाटै हराएको बताएको प्रहरीले जनाएको छ ।

‘सोमबहादुरले भने–‘टहराको ढोका छेउमा आफू सुतेर श्रीमती र छोरालाई कुनापट्टि सुताएको थिएँ । बिहानपख उठेर हेर्दा सँगै सुतेको जेठो छोरा थियो तर कान्छो ओछ्यानमा थिएन ।’

काखमा रहेको छोरा हराएपछि आमा मनमाया अचेत बनेकी छन् ।यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।