विवाह पूर्व शारीरिक सम्पर्क भई शिशु जन्माए विवाहसरहको हक लाग्ने

मुलुकी ऐनको नयाँ व्यवस्था २०७५ भदौ १ गतेबाट लागू हुने

काठमाडौं । महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने भएछि मुलुकी ऐनले विवाह पूर्व पुरूष र महिलाबीच शारीरिक सम्पर्क भई शिशु जन्माए विवाहसरहको हक लाग्ने नयाँ व्यवस्था २०७५ भदौ १ गतेबाट लागू लागु गर्ने भएको छ ।

मुलुकी ऐनको नयाँ व्यवस्थाले यसको समाधान गर्ने प्रावधान राखेको हो।

नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने छ ।

समितिको प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ। अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ। संसदबाट पारित भएपछि ती कानुन २०७५ भदौ १ गतेबाट लागू हुनेछ।

१९९० भदौ १ गते तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले लिखित कानुनका रूपमा मुलुकी एेन जारी गरेका थिए ।

सोही दिनको सम्झनाका लागि आगामी भदौ १ गते विस्थापित कानुन लागू गर्न लागिएको हो ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।