गृहमन्त्री निधिका अभिव्यक्तिले निर्वाचनलाई अन्योल बनायो

काठमाडौं । बैशाख ३१ को लागि तोकिएको स्थानीय तह निर्वाचनको सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्ने प्रमुख दायित्वकर्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका अभिव्यक्तिले स्थानीय तहको निर्वाचनलाई अन्योल बनाएको छ ।

निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट देखिदै आएका निधिले निरन्तर रुपमा दिइरहेका अभिव्यक्तिका कारण निर्वाचनबारे अन्योल बढाउँदै लगेको हो ।

आइतबार मध्यरातमा गरेको ट्विटपछि त गृहमन्त्री निधिको नेतृत्वमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन हुने आशंका पनि थपिँदै गएको छ ।

यसैबीच, निधिले उक्त ट्विट विवादमा परेपछि सोमबार विज्ञप्ति निकालेर आफ्नो भनाइ सच्याएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।