आज ३४ सदस्यीय टोली सहित राष्ट्रपति भारत प्रस्थान गर्दैः यस्तो छ भ्रमणको कार्यतालिका

भ्रमणमा जाने र आउने दिन सार्वजनिक विदाको निर्णय

काठमाडौं । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको विशेष निमन्त्रणामा आज राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा भारत प्रस्थान गर्दै छिन । आफ्नो ३४ सदस्यीय टोली सहित पाँचदिने उक्त राजकीय भ्रमणको क्रममा उनले त्यहाँ समकक्षी प्रवण मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट मन्त्री, उच्च राजनीतिक ब्यतित्व र कुटनियोग नियोगका उच्च पदस्थ ब्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सरकारले राष्टपति भण्डारीको भ्रमणका क्रममा आज जादा र शुक्रबार आउँने दिन सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ , सामाजिकब सञ्जलहरुको उक्त विदाको विषयमा केही विरोधहरु समेत आएका छन । भण्डारी आज एघार बजे त्रिभुवन विमानस्थलबाट नेपाल एयरलाइन्सको विमानबाट नया ँदिल्लीको यात्रा गर्ने छिन ।

भारतिय राष्ट्रपति मुखर्जीले नेपाल यात्रा गरेको करिब ६ महिनापछि हुनलागेको भण्डारीको यो भारत भ्रमणमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी तथा सांसदहरूसहित राष्ट्रपति विभिन्न विषयका विज्ञहरु गरी ३४ जना भारत प्रस्थान गदैछन ।

भण्डारीको भ्रमण ६ महिनायता नेपाल र भारतबीचको यो चौथो उच्चस्तरीय भ्रमण हो । नेपाल र भारतबीचको सदियौँ पुरानो मौलिक साझेदारी तथा जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास दुबै पक्षले लिएको छ । ‘नेपाल भारतबीच उच्चस्तरीय राजनीतिक तथा सरकारी अधिकारी तहमा द्विपक्षीय भ्रमण तथा भेटघाट बाक्लिएका बेला यो भ्रमण हुन लागेको छ ।

भ्रमण कार्यक्रम यस्तो हुने छ–

राष्टपति भण्डारी भारत पुगेपछि उनलाई राजकीय परम्परा अनुसार भारतीय राष्ट्रपतिको भवनमा राखिने ताइएकोछ । आज उनलाई एरपोर्टबाट सिधै राष्टपति भवनमा लगेर राखिने बताइएको छ । केही मानिसहरुसँग अनौपवचारीक भेट बाहेक अरु औपचारीक कार्यक्रमहरु आज हुने छैनन ।

मंगलबार (भोली) भण्डारीले भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता ५ गते नै हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुषमा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग भेटवार्ता गर्नेछन ।

भेटका क्रममा दुइदेशबीचको आपसि सम्बन्धका विषयमा समेत कुराकानी हुने बताइएको छ । मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । त्यसैगरी मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ ।

दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ । भण्डारी आफ्नो पाँच दिने भ्रमण सकेर आउँदो शुक्रबार नेपाल फर्किने छिन ।

राष्ट्रपतिको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार हुने र केही महत्वपूर्ण विषयमा सकारात्मक छलफल हुने विश्वास नेपालले गरेको परराष्ट्र मन्त्रालय श्रोतले बताएको छ ।