भ्रष्टाचार विरुद्ध एकीकृत राप्रपाले सडक आन्दोलन गर्ने

कार्यक्रममा सम्पूर्ण कार्यकर्तालाई उपस्थिति हुन आह्रान

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा देखापरेको भ्रष्टाचार विरुद्ध सडक आन्दोलन थाल्ने जनाएको छ । हिजो पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले यसतो आन्दोलनको गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले सरकारको चरम भ्रष्टचार र उपत्यकाको वायू प्रदुषणले आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

उक्त विरोध कार्यक्रम बैशाख ११ गते बिहान ११ बजेदेखि सञ्चालन गर्ने र आन्दोलनमा सहधागी हुन पार्टीका सम्पूर्ण कार्यकर्तालाई उपस्थिति हुन पार्टीले अपिल समेत गरेको छ ।

बैठकमा पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक परिस्थितिको बारेमा पनि छलफल भएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का युवा नेता सुन्दर पाण्डेले हरपल नेपाललाई बताएका हुन  । उक्त बैठक पार्टी अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको अध्यक्षतामा बसेको हो ।