नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला

काठमाडौं । नेपाली सेनाका महासेनानी र सहसेनानीले सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र १५ वर्षीया किशोरीलाई चरम यातनापछि हत्या गरेको भन्दै जन्मकैदको फैसला भएको छ ।

मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखि १५ जना सेनाको टोलीले पक्राउ गरि ल्याएको थियो ।

सुनुवारलाई माओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा थुनेर राखिएको थियो ।

जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले घटनामा संलग्न रहेका वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालिन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ,३० बमोजिम जन्मकैद हुने फैसला गरेको छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।