पश्चिम नेपालबाट राप्रपाको चुनावी सभा सुरुः भोली महेन्द्र नगरमा थापा र राणाले सम्बोधन गर्ने

चुनावी सभा ९ गते पूर्वी झापाको दमकमा पुगेर समापन

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले पश्चिम नेपालको टिकापुरबाट आफ्नो चुनाव प्रचारको कार्यक्रम शुरु गरेको छ । अञ्चलस्तरीय निर्वाचन केन्द्रित कार्यक्रम अन्तर्गत राप्रपाका केन्द्रीय शिर्ष नेताहरुको उपस्थितीमा आज कलालीको टिकापुरमा आमसभा सम्पन्न भएको छ ।

राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिलामन्त्री कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द तथा पूर्व राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले उक्त चुनावी सभाको कार्यक्रमलाई संम्वोधन गरे ।

आगामी स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय स्तरबाट प्रचार प्रसारलाई पस्चिम नेपालबाट राप्रपाले सुरुवात गरेको हो । प्रचार प्रसारलार्य पूर्वि नेपालको झापामा पुगेर समापन गरिने बताइएको छ । राप्रपाका अनुसार ९ गते उक्त चुनाव प्रचार प्रसार टिमले भाmपामा पुगेर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्रपाका प्रवक्ता रोशन कार्कीका अनुसार उक्त चुनावी प्रचार प्रसार अभियान सोमबार महेन्द्रनगर पग्ने छ । भोली महेन्द्र नगरमा हुने सभामा राप्रपा अध्यक्ष कमल थापा,पूर्व राष्ट्रिय अध्यक्ष पशुपति सम्शेर राणा, पूर्व पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द लगाएतले सम्बोधन गर्ने छन ।

प्रवक्ता कार्कीका अनुसार मंगलवार दाङ्गको तुल्सीपुर, बैशाख ६ गते चितवन, ७ गते मकवानपुरको हेटौडा, र ९ गते झापाको दमकमा चुनावी सभा गर्ने कार्यक्रम राप्रपाले तय गरेको छ । झापाको दमकमा पुगेर थप केही स्थानमा समेत सभाहरु गर्ने कार्यक्रम बनाउने राप्रपाले बताएको छ ।