कैलालीको चिसापानीमा भीषण आगलागी, ८ घर जलेर नष्ट

स्थानीयबासीद्धारा आगो नियन्त्रण

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका ३ चिसापानीमा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट ८ घर जलेर नष्ट भएका छन ।

तस्विरः कैलालीको लम्कि चुहा नगरपालिका ३ चिसापानीमा भएको आगलागी

आज भएको आगलागीबाट स्थानीयवासीका घर र खाद्यान्नका साथै अन्य बहुमूल्य सामाग्रीहरु समेत जलेर नष्ट भएका छन। त्यहाँबाट स्थानीयवासीले दिएको जानकारी अनुसार आगलागीबाट भौतिक क्षेति भएपनि कुनै मानविय क्षेति भने हुन पाएन ।

आगलागी लगत्तै स्थानीयवासी, प्रहरी, रेडक्रसकर्मि र युवाहरुको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको र मानिसहरुको उद्धार गरिएको इलाका प्रहरी कार्यलय चिसापानीले हरपल नेपाल डटकमसँगको कुराकानीमा बतायो ।

प्रहरीका अनुसार उक्त आगलागीबाट चिसापानीमा करिब ८ घर जलेर नष्ट भएका छन भने अन्य केही घरमा आंशिक क्षेति समेत भएको छ ।

प्रहरीका अनुसार आगलागीबाट के कति मूल्य बराबरको क्षेती भएको छ भन्ने विषयमा अझै प्रष्ट खुल्न सकेको छैन ।