तराईका जिल्लामा प्रेस मञ्चद्धारा महासंघमा धर्ना

नेपालगन्ज । सप्तरीका पत्रकाहरुले काठमाडौं केन्दिय कार्यालयमा जारी राखेको अनसन प्रति ऐक्यबद्धता जनाउँदै प्रेस मञ्च नेपालले पत्रकार महासंघ बाँके जिल्लाको कार्यालयमा एक घटना धर्ना दिएका छन् ।

प्रेस मञ्च नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष आशिष गुप्ताको नेतृत्वमा सप्तरी शाखामा देखिएको समस्यालाई तत्काल समाधान गर्नका लागि जोरदार माग गर्दै बाँके शाखामा धर्ना दिएका थिए ।

मञ्चले मधेशका सबै जिल्लाका शाखाहरु १ घण्टा धर्ना दिएका थिए। धर्ना कार्यक्रमलाई समबोधन गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारूले केन्द्रीय अध्यक्ष लाई समस्या सामधन गर्न आग्रह गर्ने बाच गरेका थिए।

प्रेस मञ्च जिल्ला सदस्य मनिष पाण्डे ,आभिषेक गुप्ता प्रकश नेपाली ,कमलेनद शामृ ,लगायतको उपस्थित रहेको थियो ।