तोकिएको मितिमा स्थानीय तहको निर्वाचन नभए देश संकटमा पर्छ: नेता पौडेल
मोर्चाको गतिविधिसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह
प्रकासित मिति : २०७४ बैशाख ३, आईतवार
प्रकासित समय : १६:०२
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन नभए देश संकटमा पर्ने बताएका छन् ।
पौडेलले आज नेपाल प्रेस युनियन बागलुङले गरेको पत्रकार भेटघाट कार्यक्रममा मोर्चाको गतिविधिसँग नडराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।
स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने आवश्यक भएको बताएका छन ।
यदि निर्वाचन तोकिएको मितिमा नभए देश संकटमा पर्ने खतरा रहेकोले यसमा नेपाल सरकार सजग रहनुपर्ने बताए।