निर्वाचन बिथोल्न खोज्नेलाई कारवाहि गर्ने गृहमन्त्री निधिको चेतावनी

सरकारले तीन तहको सुरक्षा घेरा व्यवस्था तय गरेको

काठमाडौं । आज व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन बिथोल्न खोज्नेलाई कारवाहि गर्ने चेतावनी दिएका छन् ।

गृहमन्त्री निधिले उक्त कार्यक्रममा सरकारले शान्ति सुरक्षाको लागी तीन तहको सुरक्षा घेरा बनाएको बताएका हुन् ।

गृहमन्त्रालयका अनुसार स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी २ लाख ३१ हजार सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था गरिएको छ ।