मोर्चाले निर्वाचन बिथोल्न आन्दोलनको कार्यक्रम घोषणा गर्दै

काठमाडौ । सरकारले घोषणा गरेको निर्वाचन बिथोल्न मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम आज घोषणा गर्ने बताएको छ ।

मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए ।

मोर्चाले निर्वाचनलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ’, नेता कर्णले भने ।

मोर्चा आन्दोलनको कार्यक्रम आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा छ ।

संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।