चुनाव नगराउन कांग्रेस र माओवादी केन्द्रको चलखेलः एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचन नगराउने नियतका साथ सरकार र सत्तारुढ दलबाटै चलखेल भइरहेको आशंका गरेको छ ।

मधेसी मोर्चाको अस्वीकारबीच संविधान संशोधन प्रस्ताव दर्ता र चुनावको मिति सार्ने विषयमा कांग्रेसले औपचारिक छलफल चलाएको भन्दै सरकार, सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र मिति सार्ने नियोजित खेलमा लागेको एमालेले आशंका गरेको हो ।

‘मधेसी मोर्चा र गठबन्धनको अस्वीकारका बाबजुद विधेयक बढाउन खोज्नु भनेकै निहुँ खोज्नु हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने–‘निर्वाचन आयोगले तयारी गरिरहेकै छ, चुनावमा लाग्न छाडेर अनेकथरि कुरा गर्नुलाई चुनाव गर्न खोजेको भन्न मिल्दैन, ती सबै चुनाव नगर्ने नियतले गर्न खोजिएको हो भन्ने हाम्रो आशंका छ ।’यो समाचार आजको नयाँपत्रिकामा प्रकाशित छ ।