छोरी जन्मँदा दोलखाकी प्रमिलाले १० हजार पाइन्

काठमाडौं । दोलखाकी प्रमिला सुवालले छोरी जन्मदा कसैले प्रोत्साहनस्वरुप पैसा देला भन्ने सोचेकी पनि थिइनन् ।

शनिबार बनेपाको अभाव बचत तथा ऋण सहकारी संस्थाले अस्पतालमै गएर दिएको १० हजार रकम पाएपछि उनी थप खुसी भइन् । सहकारीले यसअघि नयाँ बर्षमा जन्मने पहिलो बालिकालाई १० हजार दिने घोषणा गरेको थियो ।

बच्चा जन्मनेबित्तिकै अस्पतालका नर्स र अक्य स्टाफले उनलाई बधाइ दिएपछि मात्रै उनले त्यो रहस्य थाहा पाइन् ।

प्रमिलाले भनिन–‘छोरी पाउँदा समाजमा हेला गर्ने गरिन्छ, त्यसो नहोस भनेर प्रोत्साहन गर्नुभएको होला, पैसा छोरीको शिक्षामा खर्च गछौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।