राजनीतिक बेस्तता बढेपछि प्रधानमन्त्री दाहाल अस्वस्थः आज कुनै पनि कार्यक्रममा सहभागि नहुने

अहिले बेड रेस्टमाः प्रतिकुल मौषमसँग जोगिन सुझाब

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अचानक अस्वस्थ भएपछि आज कुनैपनि भेटघाट वा सार्वजनिक कार्यक्रममा सहभागि नहुने भएका छन । अचानक कडा ज्वरो र शरीरमा सिथिलता आएपछि आफन्तजन , सुभचिन्तकहरुको सल्लाह अनुसार उनी आज बेड रेस्टमा बस्ने भएका छन ।

पछिल्लो चरणमा विकसित राजनीतिक अवस्थाका कारण प्रधानमन्त्री प्रचण्ड निकै बेस्त रहेका थिए । सरकारले निर्धारण गरेको वैशाख ३१ गतेको स्थानीय निकायको निर्वाचन, त्यसमा दलहरुको विरोध र असमझदारी मिलाउन दिनहुँका छलफल अनि पार्टीका कार्यक्रम र विभिन्न ब्यक्तित्वहरुसँगको भेटवार्ताका कारण एकछिन पनि फुर्सदमा नदेखिएका प्रधानमन्त्री प्रचण्डले हिजो साझँदेखि अस्वस्थ महसूस गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डको अस्वस्थताबारे सामाजिक संजालमा नेता, कार्यकर्ता, सुभचिन्तक एवं नागरिकहरुले स्वास्थ लाभको कामना समेत गरेका छन । उनी आज बेड रेस्टमा बस्ने पारिवारीक श्रोतले बताएको छ ।

हरपल नेपाल डटकमसँग कुरा गर्दै प्रधानमन्त्री दाहालका निजि सचिव समेत रहेका पुत्र प्रकाश दाहालले उनलाई कार्यक्रमको बेस्तताले गर्दा थकान भएको बताए ।

प्रकाशले प्रधानमन्त्री दाहालको स्वास्थ अवस्थाको बारेमा भने–‘पछिल्लो चरणमा निर्वाचनको तयारी लगाएतका केही महत्वपूर्ण छलफल,कार्यक्रमहरु बढेकाले उहाँले रेस्ट गर्ने समयनै पाउनु भएको थिएन । साझँ अचानक ज्वरो आयो र शरीरमा आलस्यता बढेको बताउनु भयो । मौषम खराबीका कारण बाहिर निस्कदा स्वास्थमा जोखिम हुन सक्ने भएकाले सबैले आज रेस्टमा बस्न सल्लाह दिनुभएको छ । सामान्य ज्वरो आएको हो ।’

आजको ११ बजे प्रधानमन्त्री विशेष राजनीतिक प्रशिक्षणका लागि सिन्धुपाल्चोकको सुकुटे जाने कार्यक्रम तय भएको थिाये तर स्वास्थका कारण उनी त्यहाँ पनि सहभागि भएनन । त्यसैगरि आजको राखि तय गरिएका अन्य कार्यक्रममा पनि प्रधानमन्त्री सहभागि नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।