वैशाख पहिलो सातासम्म नयाँ शक्ति र संघिय समाजवादीबीच एकताको गर्ने तयारी

नयाँ पार्टीको नाम,झण्डा,विधान र जिम्मेवारीको विषय अझै मिलेन

काठमाडौं । माओवादीबाट अलग भएका डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शकित पार्टी नेपालले पछिल्लो समयमा विभिन्न दलहरुसँग पार्टी एकताको लागि छलफल गर्दै आएको छ । उसले उपेन्द्र यादबले नेतृत्व गरेको संघीय समाजवादी फोरमसँग आफ्नो पार्टीको एकता प्रकृया अन्तिम चरणमा पुगेको जनाएको छ ।

आज हरपल नेपालसँगको संवादमा नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले दुई पार्टीबीचको एकताका आधारभूत विषयहरु टुङ्गिसकेको र यहि वैशाखको पहिलो सातासम्म पार्टी एकताको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन ।

नयाँ शकितका प्रवक्ता देवकोटाले भने–‘दुई दलका नेताहरुबीच पार्टी एकता गर्ने विषयमा सैदान्तिक रुपमा राम्रो सहमति भएको छ । केही विषयहरु जस्तो पार्टीको भाबी रणनीति,नेता कार्यकर्ताको समायोजन, मधेशका मुद्धा, निर्वाचनमा भूमिका लगाएतमा मौफिक सहमति भएको छ । तर केही विषयहरु अझै टुङ्ग्याउन बाँकी छन । अब उहाँहरुको कार्य समितिको बैठकपछि सबै विषय टुङ्ग्याउने गरी तयारी हुन्छ र एकताको मिति पनि फिक्स हुन्छ ।’

दुईपाटीको एकताबाट बन्ने पार्टीको नाम, झण्डा, पार्टीको नीति, सिद्धान्त, नेता,कार्यकर्ताहरुको जिम्मेवारी बाडँफड लगाएतका विषयहरु लिखित रुपमा अझै टुङ्ग्यान नसकेको भएपनि त्यो विषयमा भने केही नेता कार्यकर्ताहरु स्वमूल्याङन गर्दै पार्टी नेतृत्व प्रति असन्तुष्ट हुदैँ आएका छन ।

माओवादी आन्दोलनबाट बाबुरामको लाईनमा गएका पुर्व माओवादी नेताहरुले एकतापछि पार्टीको भविष्य नदेखेको भन्दै असन्तुष्टि पोख्ने गरेका छन भने अन्य दलहरुबाट नयाँ शक्तिमा आएकाहरुले भने पार्टीको आकार ठूलो हुने भन्दै नेतृत्वलाई जसरी पनि एकतामा दवाव सिर्जना गरेको देखिन्छ ।

नयाँ शक्तिका एक नेताले भने–‘एकतापछि बन्ने नयाँ पार्टीको नाम उपेन्द्र जी र हाम्रो पार्टीको नाम जोडिएर ‘नयाँ शक्ति संघीय समाजवादी, नेपाल’ राख्ने प्रस्ताव आएको छ । दुबैपार्टीका सदस्यहरु रहने गरी कायएदल बनाएर झण्डा,कार्ययोजना लगायतका विषयहरुमा सहमति जुटाउन प्रयाश गरिरहेको छ । नयाँ पार्टी नयाँ हुन्छ कि पुरानो, हामीबीच गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।’

उनले पार्टीको नाम त्यसरी मिलाउन खोजेको प्रति आफ्नो असहमति रहेको भन्दै भने–‘नयाँ नाम राख्नु पर्छ, तर त्यसरी उहाँहरुको सँग जेड्न हुदैन भन्नेमा धेरै साथीहरुको मत रहेको छ । अब कार्यदलले के कस्तो निष्कर्ष निकाल्छ, त्यो हेरौ पहिले ।’

नयाँ शक्तिले भने नयाँ पार्टीको लागि सम्भावित नामहरुको सूचि र पार्टीको विधान तयार गरेर शीर्ष नेताहरुको बैठकमा प्रस्तुत गरेपछि त्यहाँबाट अन्तिम निर्णय हुने बताएको छ । त्यसरी बन्ने नयाँ पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयन लगाएतका महत्वपूर्ण विषयले राजनीतिक आन्दोलनको एउटा चरण सकिएको र अब आर्थीक संवृद्धीको नारालाई अघि बढाउनेमा भने  समान धारण बनेको बताइएको छ ।

केही नेताहरुका अनुसार पार्टी घोषणापछि आठ तहको केन्द्रीय निकायहरु गठन गरिने भएका छन । महाधिवेशन, संघीय परिषद्, संघीय समिति, संघीय सल्लाहकार समिति तथा पार्टी संरक्षक समिति, संघीय अनुशासन आयोग, संघीय लेखा परीक्षण आयोग, संघीय निर्वाचन आयोग र संघीय विभागहरु रहने व्यवस्था अघि बढाईएको छ ।