फोरम नेपालको दोहोरो रणनीति

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसी मोर्चा र संघीय गठबन्धनको बैठकमा अन्य नेतालले भन्दा चर्का कुरा गर्छन्।

सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति चर्को मात्र होइन, निर्वाचन बहिष्कार गर्ने धम्की दिइरहन्छन्।

यता पार्टीका नेताहरूले भने निर्वाचन आयोगले दिएको समयसीमा भित्रै आयोगमा टिकट वितरणका लागि पार्टीको नमूना हस्ताक्षर बुझाएका छन् ।

फोरम नेपालका संसदीय दलका प्रमुख सचेतक शीवजी यादवले चैत २६ गते निर्वाचन आयोगमा गई पार्टीकोको आधिकारिक नमूना हस्ताक्षर बुझाए।