वैशाख १ देखि हर्न बजाउने सवारी साधनको संख्या न्यून
चोक चोकमा प्रहरीले निगरानी गर्दै
प्रकासित मिति : २०७४ बैशाख २, शनिबार
प्रकासित समय : ०७:५५
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले हिजोदेखि हर्न बजाउन रोक लगाइएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेका कारण हर्न बजाउन रोक लगाइएको हो ।
उनले चैत्र ३१ को तुलनामा वैशाख १ गते हर्न बजाउने सवारी साधनको संख्या न्यून भएको जानकारी दिएका छन ।
‘चोक(चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले हर्न बजाउने, नबजाउने सवारीसाधन अनुगमन गरिरहेका छन् ।’ उनले भने ‘अघिल्ला दिनहरुमा जस्तो हर्न नबजाएको रिपोर्ट आइरहेको छ ।’
चालकले ओभरटेक, यात्रु बोलाउन, अगाडीको गाडी हटाउन, साना सवारीलाई जिस्काउन, रमाइलो गर्ने बहानामा हर्न बजाउने गरेको उनले बताए ।यो समाचार आजको नागरिकमा प्रकाशित छ ।